२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ टोटनहममाथि चेल्सीको सहज जित

टोटनहममाथि चेल्सीको सहज जित

काठमाडौं, २२ पुस।  कारवाओ कपको पहिलो सेमिफाइनलको पहिलो लेगमा लन्डन क्लब चेल्सीले टोटनहमलाई २-० अन्तरले पराजित गरेको छ ।

बुधबार राति चेल्सी घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा काई हाभर्टजले गोल गर्दा १ गोल उपहारपाएसँगै चेल्सीले फाइनल सम्भावना उच्च बनाएको हो ।

खेलको पाँचौ मिनेटमा हाभर्टजको गोलमा चेल्सीले सुरुवाती अग्रता लियो । ३४औं मिनेटमा आर्सनलका विन डेभिसले आत्मघाती गोल गरेपछि चेल्सीले पहिलो हाफमा २-० को अग्रता बनायो ।

चेल्सीले पहिलो हाफमा गरेको अग्रता जोगाउँदै आर्सनलमाथि दवाव राख्यो । दोस्रो लेग टोटेनहमको मैदानमा १२ जनवरीमा हुनेछ ।

आज हुने भनिएको लिभरपुल र आर्सनलबीचको दोस्रो सेमिफाइनल खेल कोभिडका कारण स्थगित भएको छ । दुबै खेल १३ र २० जनवरीमा हुनेछ । फाइनल  खेल भने २७ फेब्रुअरीमा हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार