२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ लागुऔषध बिक्री वितरणकाे आरोपमा हजुरबुवा-नाती नै पक्राउ

लागुऔषध बिक्री वितरणकाे आरोपमा हजुरबुवा-नाती नै पक्राउ

महोत्तरी, २२ पुस।  प्रतिबन्धित लागुऔषध (गाजा) बेचबिखन आरोपमा प्रहरीले महोत्तरीबाट चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले गौशाला नगरपालिका-४ रजखोर बस्ने ७० बर्षीय रामचन्द्र साह र उनकाे २१ बर्षीय नाति रोहित साह, सोही वडाका ५३ वर्षीय उपेन्द्र साह र उनका १९ बर्षीय छोरा विवेक साहलाई बुधवार राति पक्राउ गरेको हो ।

रामचन्द्र साहको घरबाट बिक्रीको लागि पुरिया बनाएको गाजा तीन केजी, डिजिटल तराजु एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

२० पुस बेलुका साढे ६ बजे रामचन्द्र र उनकाे नाति रोहितलाई  पक्राउ गरी इलाका प्रहरी कार्यालय बर्दिबास ल्याएर थप अनुसन्धान गर्दा उपेन्द्र साहको घरबाट पनि बिक्री हुने गरेकाे सूचना पाएकाे प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

रजखोरमा नै बस्ने साहको घरबाट पुरिया बनाइराखेको तयारी गाजा पाँच केजी, डिजिटल तराजु एक थान र बिक्री गरेको ६५ सय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई जिल्ला अदालतबाट लागुऔषध मुद्दामा पाँच दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान भइरहेको प्रवक्ता विष्टको भनाइ छ । न्युज कारखाना

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार