२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर करण केसी नेपाल पुलिस क्लबमा आबद्ध

राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर करण केसी नेपाल पुलिस क्लबमा आबद्ध

काठमाडौं, २४ पुस । राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर करण केसी नेपाल पुलिस क्लबमा आबद्ध भएका छन् ।

नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटवालले करण पुलिसमा आबद्ध भएको पुष्टि गरे ।

‘नेपाल राष्ट्रिय क्रिकेट टिमको सर्वोत्कृष्ट अलराउन्डर करण के.सी.  नेपाल पुलिस क्लबमा आबद्ध हुनु भएकोमा उहाँलाई हृदय देखि स्वागत गर्दछौ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

२६ पुसबाट सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय  टी-२० प्रतियोगिताका लागि उनी पुलिसमा आबद्ध हुने भएका हुन् ।

हाल पुलिसमा दीपेन्द्र सिंह ऐरी,  कप्तान मन्जित श्रेष्ठ, कुशल भुर्तेल लगाबयतका खेलाडी अनुबन्ध छन् ।

यसअघि प्रतियोगिता एकदिवसीय फर्म्याटमा हुँदै आए पनि यस पटक टी-२० फर्म्याटमा हुन लागेको हो ।

नेपाली टिमले ओमानमा हुने आईसीसी टी-ट्वान्टी ग्लोबल छनोट खेल्ने भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता टी-२० फर्म्याटमा गरेको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार