२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ जय गुरुदेव कृषि सहकारी संस्थाको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

जय गुरुदेव कृषि सहकारी संस्थाको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

ज्ञानेश्वर सहानी,नवलपरासी ।  पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको वडा नं १४ अमरौटमा अवस्थित जय गुरुदेव कृषि सहकारी संस्थाको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।

संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्थापक चन्द्र कुमारी चौधरीले आ.ब. ०७७/०७८ मा ८८ हजार ८ सय ४० को कारोबार गर्दै ३९ हजार ९ सय ०५ को शुद्ध नाफा आर्जन गरेको बताएकी छिन् ।

संस्थाले सहुलियत रूपमा ऋणको उपलब्ध गराउदै छोटाे समयमा रामग्राम क्षेत्र भित्र ऋण लगानी तथा प्रवाह गर्न निकै चर्चा बटुलेको छ।

कार्यक्रम जय गुरुदेव कृषि सहकारी संस्थाको अध्यक्ष राजेन्द्र प्रसाद चौधरीको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख अतिथिमा सम्पन भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रामग्राम नगरपालिका वडा नं १४अमरौटका वडा अध्यक्ष पारश नाथ चौधरी तथा श्री कोटहि माई महिला कृषि सहकारी संस्था का अध्यक्ष समुन्द्री देवी चौधरी, रामग्राम नगरपालिकाका कार्यपालिका सदस्य रोशन शाह, युवा समाज सेवी सनतनु लगायतको उपस्थिति रहेको थियो‌ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार