२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ मनाङलाई पोखरामा ह्याट्रिक

मनाङलाई पोखरामा ह्याट्रिक

पोखरा, २४ पुस। मनाङ मर्स्याङ्दी क्लबले पोखरालाई होम ग्राउण्ड रोज्यो । मनाङकै रोजाइ अनुसार सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका ३ खेल पोखरामा भए । घरेलु मैदानमा मनाङ सबै खेलमा जीत निकाल्यो । तीनवटै खेलमा जितेको मनाङ अंक तालिकाको दोस्रो स्थानमा कायम छ ।

पोखरा रंगशालामा शनिबार भएको खेलमा मनाङले च्यासल यूथ क्लबलाई ५–० गोल अन्तरले हराएको हो । जितको ह्याट्रिक गर्दा मनाङका खेलाडीले पनि ह्याट्रिक गरेका छन् । मनाङको जीतमा म्यान अफ दी म्याच आफिज ओलावालेले ३ गोल गरे । यस्तै एडिलाजा सोमिडे र दिनेश राजवंशीले एक एक गोल थपे ।

खेलाको तेस्रो मिनेटमै सोमिडेको गोलबाट अग्रता लिएको मनाङलाई पहिलो हाफमा ओलाओलेले १ गोल थपेर २–० को नतिजामा पुर्‍याए । त्यसपछि गोलको वर्षा भयो, इन्जुरी समयमा । ८६ औं मिनेटमा दिनेशले गोल गर्दै मनाङलाई ३–० को अग्रता दिलाएका थिए ।

इन्जुरी समयको तेस्रो र चौथो मिनेटमा गोल गर्दै ओलावालेले ह्याट्रिक पूरा गरेका हुन् । जितसँगै मनाङले ८ खेलमा १९ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत छ ।  च्यासलले ८ खेलमा ५ अंक जोडेको छ । च्यासल लिगको १३औं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार