गृहपृष्ठ संचालनमा आयो बुटवलमा पुरातात्त्विक महत्त्व बोकेको पार्क
संचालनमा आयो बुटवलमा पुरातात्त्विक महत्त्व बोकेको पार्क
बुटवल । बुटवलमा पुरातात्त्विक महत्त्व बोकेको पार्क संचालनमा आएको छ । बुटवल उप-महानगरपालिका वडा नम्बर १६ ननेरापुरधाममा उद्यान तथा पार्क संचालनमा आएको हो ।
बुटवल उप-महानगरपालिकाले निर्माण गरेको सो एतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको उद्यान तथा पार्कलाई एक कार्यक्रम गरि उद्घाटन गरिएको छ । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले उद्घाटन गर्दै यो पार्कको एतिहासिक तथा पुरातात्त्विक महत्त्वका विषयमा बताए । पार्क तथा उद्यान एकदमै आकर्षणको केन्द्रविन्दु बन्ने उनको भनाई छ । 
बुटवल १६ ननेरापुरमा निर्माण भएको सो आकर्षक उद्यान तथा पार्कको धार्मिक महत्त्व रहेको हुदा धार्मिक पर्यटनको एउटा केन्द्र नरेश्वर बाेलबमधामलाई बुटवल उपमहानगरले गुरुयोजना बनाएर संरक्षण, सम्बर्द्धन र विस्तार गरिरहेको छ । 





