गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थपिए यति कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा नेपालमा थपिए यति कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ हजार ८८ जनाको कोरोना परीक्षण गर्दा ५ हजार २९२ जनामा कोरोना संक्रमण देखिएको हो । यस परीक्षणमा एसएमएस र इमेलबाट आएको विवरण पनि समेटिएको छ ।
यस्तै, ८ हजार १९१ जना संक्रमण मुक्त हुँदा संक्रिय सक्रमितको संख्या ७९ हजार २७२ पुगेको छ । त्यसैगरि पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ८ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३६ लाख ६६ हजार ३ जनाले खोप लगाएका छन् ।





