गृहपृष्ठ आज सोमबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ? हेर्नुहोस्
आज सोमबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ? हेर्नुहोस्
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ५ हजार २९२ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ७४ जना र ११ देखि २० वर्षका १४८ जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका १ हजार ५९ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि ९०० जना रहेका छन् । ४१ देखि ५० वर्षका ४७३, ५१ देखि ६० वर्षका ३७६ जना, ६१ देखि ७० का २२५ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका १३४ जना रहेका छन् । ८० वर्षमाथिका ७२ जना संक्रमित भएका छन् । ११ जनाको उमेर खुलेको छैन । त्यसैगरी अहिले देशभर ७९ हजार २७२ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





