२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा थप १४ जनाले ज्यान गुमाउँदा, थपिए ३ हजार १७५ संक्रमित

पछिल्लो २४ घण्टामा थप १४ जनाले ज्यान गुमाउँदा, थपिए ३ हजार १७५ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन र पीसीआर विधिबाट १२ हजार ६०५ जनाको नमूना परीक्षण गर्दा बिहिबार ३ हजार १७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

गत २४ घण्टामा १० हजार २६ नमूनाको पीसीआर र २ हजार ५७९ नमूनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट २ हजार ७२१ जना र एन्टिजेन परीक्षणबाट ४३३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, गत २४ घण्टाको अवधिमा ८ हजार ७२३ जना कोरोना संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६३ हजार २९९ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७७८ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार