गृहपृष्ठ हेर्नुहोस् यस्तो रहनेछ आज देशभरको मौसम
हेर्नुहोस् यस्तो रहनेछ आज देशभरको मौसम
काठमाडौँ । हाल देशमा कुनै उल्लेखनिय प्रणाली छैन । पहाडी भू- भागमा आंशिक बदली रही बाकी भू- भागमा मौसम सामान्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू- भागमा आंशिक बदली तथा बाँकी भू- भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू- भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै, रातिमा पनि देशको पहाडी भू- भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
शनिबार पनि देशको पहाडी भू- भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू- भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू- भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।





