गृहपृष्ठ फेरी पनि बढ्यो पेट्रोलियम पदार्थको मुल्य, अब प्रति लिटर यति पर्ने ?
फेरी पनि बढ्यो पेट्रोलियम पदार्थको मुल्य, अब प्रति लिटर यति पर्ने ?
काठमाडौं, ८ फाल्गुन । नेपाल आयल निगम लिमिटेडले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुरुप निगमले पेट्रोल, डिजेल र मट्टितेलमा तीन रुपैयाँ वृद्धि गरेको हो । गएराति १२ बजेदेखि नयाँ मूल्य लागू भएको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल ५.६१ रुपैयाँले बढेको, डिजेल ५.६२ रुपैयाँले बढेको र हवाई इन्धन ४.९५ रुपैयाँले बढेर आएको निगमले जनाएको छ ।
सोही अनुरुप निगमलाई १५ दिनमा करिब दुई अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन बाध्य भएको निगमले जनाएको छ।





