२०८३ वैशाख १० गते बिहीवार | April 23, 2026

गृहपृष्ठ आफ्नै साथीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ

आफ्नै साथीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ

आफ्नै साथीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । केरावारी गाउँपालिका-८ का २६ वर्षीय बाबुराम भट्टराईको हत्या आरोपमा सोही ठाउँका लिम्बूलाई प्रहरीले घटनाको एक महिनापछि पक्राउ गरेको हो ।

९ माघमा केराबारी-८ स्थित साझेदारी वनमा गाडिएको अवस्थामा बाबुरामको सडेको शव फेला परेको थियो । उनी २७ पुसदेखि हराइरहेका थिए । मोरङका एसपी जनार्दन जिसीका अनुसार भट्टराई र लिम्बु यातायात मजदूर हुन् ।

‘मादक पदार्थ सेवन गर्ने क्रममा एउटी महिलाको विषयमा विवाद हुँदा लिम्बूले रडले हानेर बाबुरामको हत्या गरेको देखिन्छ,’ एसपी जिसीले भने, ‘हामी घटनाको विषयमा थप अनुसन्धान गरिरहेका छौं ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार