२०८३ वैशाख १० गते बिहीवार | April 23, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थप यति जनामा कोरोना संक्रमण, चार जनाले गुमाए ज्यान

पछिल्लो २४ घण्टामा नेपालमा थप यति जनामा कोरोना संक्रमण, चार जनाले गुमाए ज्यान

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,१४० जनामा गरिएको नमुना परीक्षणमा ३८८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा १२०५ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार ७३८ र पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७५ हजार ८०६ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ५२ हजार ५९९ जना निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ११ हजार ९२५ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमित देशभर ११ हजार २८२ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार