गृहपृष्ठ मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
कपिलवस्तु।कपिलवस्तुको बाणगंगा नगरपालिका–११, ओदारीमा सोमबार मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । स्थानीय ४० वर्षीय पटहरी थारुको मृत्यु भएको हो ।
लु४प ४३४६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुटवलस्थित क्रिमसन अस्पतालमा हिजो राति साढे ९ बजे मृत्यु भएको जनाइएको छ ।
जितपुरबाट तौलिहवातर्फ जाँदै गरेको मोटरसाइकलले हिजो बेलुका करिब पौने ९ बजे पैदलयात्री पटहरीलाई ठक्कर दिएको थियो ।






