२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ नवलपरासीमा मदार बाबा मेला शुरु

नवलपरासीमा मदार बाबा मेला शुरु

ज्ञानेश्वर सहानी,१० फाल्गुन नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पुर्व ) विनई त्रिवेणी गाऊँपालिका वडा नं .६ परसैया मा अवस्थीत मुस्लिम तथा हिन्दु समुदायको आस्थाको केन्द्र मा रहेको मदार बाबा मेला नेपालकै पहिलो र पुरानो ऐतिहासिक मेला को रुपमा मानिन्छ । यसै कारण पनि सयौं वर्ष देखि लाग्दै आएको मदारबाबा मेला धार्मिक स्थलको रूपमा देश तथा विदेशमा परिचित रहेको छ ।

यो मेला मा बदिउदिन जिन्दा शाह बाबाको मेला रहेको‌ भक्तजनहरूलाई बताएका छन्। मेलामा भक्तजनहरूलाई सरल,सुलभ र भब्य बनाउनको लागि मेलामा दिन रात सुरक्षा कर्मी , स्वयंसेवक परिचालन गरिएको छ भने मेला को ठाउँमा नि:शुल्क स्वास्थ शिविर , सार्वजनिक शौचालय ,खाने पानी लगाएत को भक्तजनहरूलाई विभिन्न किसीमको ब्यवस्था ब्यवस्थान गरिएको मेला ब्यवस्थापन समितिका अध्यक्ष जमालुदिन अन्सारीले बताउनु भयो।

महलवारी बजार देखी बाबाको मुख्य मजार सम्म पुग्नको लागी करिब ९ किलोमिटर डाडाँ पहाडमा अवस्थित रहेको हुदा पैदल यात्रा गरी बाबाको मुख्य स्थल सम्म निकै कठिनाइ चढेर पुग्ने गर्दछन । मेलामा मुस्लिम र हिन्दु धर्मावलम्बीहरूको संयक्त सहभागिता रहने गरेको छ ।

बाबाको मजार सम्म पुगेपछी घरपरिवारमा शान्ति आउनुको साथै हरेक मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास समेत गरिएको छ। मेलामा नेपाल लगायत भारतको विभिन्न ठाउहरूबाट करिब १२ लाख भन्दा बढी भक्तजनहरू आउने मेला समिति दावी गरेको छ ।

उक्त मेला स्थानमा हरेक वर्ष शिवरात्रिको नौ दिन अघि देखि मेला लाग्ने गरेको छ । मेला शिवरात्रिमा सामापन हुने गरेको छ । यश वर्ष फागुन ९ गते देखि संचालन भएको मेला फाल्गुन १७ गते सकिनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार