गृहपृष्ठ लगइन एजुकेशन बुटवल गोलपार्कमा नेपाल बैंक लिमिटेडको तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न
लगइन एजुकेशन बुटवल गोलपार्कमा नेपाल बैंक लिमिटेडको तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न
बुटवल । लगइन एजुकेशन बुटवलमा नेपाल बैंक लिमिटेडको तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुटवल,-३ गोलपार्कमा रहेको लगइन एजुकेशन एण्ड टेक्निकल नेटवर्कमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । नेपाल बैंक लिमिटेडको तयारी कक्षा लिन इच्छुक विद्यार्थीहरुलाई मध्यनजर गर्दै गरिएको अभिमुखिकरण कार्यक्रममा राष्ट्रिय वाणिज्य वैंक सु।ब भैरहवा शाखाका शाखा प्रमुख हिम खनालले नेपाल बैंक लिमिटेडमा राम्रो करीयर रहेको र तिव्र प्रतिस्प्रधा रहेकोले नयाँ ढङ्गबाट जुट्नुपर्नै बताउनुभयो ।

साथै उक्त कार्यक्रममा निजामति क्षेत्रका कर्मचारीहरु,नेपाल बैंक लिमिटेडका कर्मचारीहरुको पनि उपस्थिति रहेको र आफ्ना अनुभवहरु बताउनुभएको थियो । अभिमुखिकरणमा ६० भन्दा बढी विद्यार्थीहरुको उपस्थिती रहेको थियो । नेपाल बैंक लिमिटेडको तयारीमा बसेका विद्यार्थीहरुको माग अनुरुप कार्यक्रम गरिएको र फागुन ३० गतेबाट निरन्तर रुपमा नेपाल बैंक लिमिटेडका कक्षाहरु सञ्चालन हुने सञ्चालक अर्जुन खनालले जानकारी दिए । लगइन एजुकेशनका सञ्चालक अर्जुन खनालको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन माया घिमिरेले गरेकि थिइन ।
साथै यस संस्थाका सञ्चालक खनालले तयारीमा जुट्नु भएका विद्यार्थीहरुलाई यहि मिति २०७८-११-२८ र २९ गते भर्ना हुनेलाई तोकिएको शुल्कमा १५ प्रतिशत छुट दिने जानकारी गराउनु भएको थियो ।






