२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ तिलोत्तमालाई दोस्रो पटक उत्कृष्ट नगरपालिका पुरस्कार

तिलोत्तमालाई दोस्रो पटक उत्कृष्ट नगरपालिका पुरस्कार

तिलोत्तमा । अघिल्लो बर्ष सेवा प्रवाहमा उत्कृस्ट बनेको रुपन्देहीको सुगम नगरपालिका तिलोत्तमा सामाजिक विकास विधा अन्तर्गत समाबेशिता र सामाजिक क्रियाकलापमा उत्कृस्ट बनेको छ । आइतबार नेपाल नगरपालिका संघले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी तिलोत्तमा नगरपालिका सहित पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको छ । नगरपालिका संघको आफ्नो २९औं साधारणसभाका अवसरमा ती नगरपालिकालाई पुरस्कृत गरेको हो । पुरस्कृत भएका नगरपालिकाका प्रतिनिधिलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कार प्रदान गर्नुभएको थियो ।

त्यसोत संस्थागत विकास सेवा प्रवाह र वित्तिय सुशासन विधामा दुई नगरपालिकालाई उत्कृष्ट ठहर गरिएको थियो । दुवै नगरपालिका स्याङ्जा जिल्लाका रहेका छन् । वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकालाई यो वर्षको संस्थागत विकास सेवा प्रवाह तथा वित्तिय सुशासन पुरस्कार प्रदान गरिएको थियो । सहरी योजना पूर्वाधार विकास तथा विपद् व्यवस्थापन विधामा उत्कृष्ट ठहर भएको छ निलकण्ठ नगरपालिका । यस्तै वन, वातावरण तथा जलवायु परिवर्तन विधामा इलामको इलाम नगरपालिका उत्कृष्ट ठहर गरिएको थियो । स्थानीय आर्थिक विकास विधामा हरिवन नगरपालिकालाई उत्कृष्ट ठहर गर्दै पुरस्कार प्रदान गरिएको छ । हरिवन नगरपालिकाले स्थानीय स्रोत परिचालन गरी नगरपालिकाको विकासमा उत्कृष्ट काम गरेको जनाइएको छ । सामाजिक विकास विधा तिलोत्तमा नगरपालिका र राप्ती नगरपालिकालाई उत्कृष्ट ठहर गरिएको छ ।

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकालाई उत्कृस्ट बनाउन सहयोग गर्ने सबै जनप्रतिनिधि, कर्मचारी, सेवाग्राही नगरबासीहरुमा धन्यबाद ज्ञापन गर्दै यो सम्मानले समग्र नगरपालिका र नगरबासीहरुलाई थप प्रेरणा मिलेको बताउनुभयो । उहाँले अघिल्लो बर्ष सेवा प्रवाहमा उत्कृस्ट ठहरिएको नगरपालिका अहिले सामाजिक दायित्वको क्षेत्रमा उत्कृस्ट भएकोले थप सामाजिक क्षेत्रमा जुट्न बल पुगेको बताउनु भएको छ । आफुहरु जननिर्वाचित भएर आइसकेपछि सामाजिक सेवामा अग्रसर भएर लागेको र समाजमा भएका विकास निर्माण नीति निर्माण र सामजिक दायित्वका सेवाहरु शिक्षा स्वास्थ्य रोजगारी तथा विपद व्यवस्थापनमा नगरपालिकाले गरेको काम उल्लेखनिय रहेको नगर प्रमुख घिमिरेको भनाई छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार