२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ बेलायत सरकारले युक्रेनी शरणार्थीलाई हेरचाह गर्नेलाई प्रतिमहिना ३५० पाउण्ड दिने घोषणा

बेलायत सरकारले युक्रेनी शरणार्थीलाई हेरचाह गर्नेलाई प्रतिमहिना ३५० पाउण्ड दिने घोषणा

काठमाडौं । युक्रेनी शरणार्थीलाई हेरचाह गर्ने परिवारलाई बेलायत सरकारले प्रतिमहिना ३५० पाउण्ड ९करिब ५४ हजार रुपियाँ० दिने घोषणा गरेको छ । दोश्रो विश्व युद्धपछि सबैभन्दा बढी युरोपमा शरणार्थीहरु बढ्ने आशंका भइरहेकोमा बेलायतमा खाली भएका घर र खाली कोठा दिनेहरुलाई सो रकम दिने बताइएको हो ।

बीबीसीद्वारा प्रकाशित समाचारमा ‘होम्स फर युक्रेनी’ अर्थात् युक्रेनीहरुको लागि घर भन्ने नयाँ स्किममा सरकारले युक्रेनी शरणार्थी राख्नेलाई सो रकम उपलब्ध गराइनेछ, उल्लेख छ ।यो नीति अनुसार कम्तीमा छ महिनासम्म घर, कोठा वा सम्पत्ति दिने बेलायती परिवारलाई सरकारले रकम दिने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार