गृहपृष्ठ कामना सेवा विकास बैंकको सियारी गाउँपालिकामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
कामना सेवा विकास बैंकको सियारी गाउँपालिकामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
रुपन्देही । कामना सेवा विकास बैंक लिमिटेडको आयोजनामा सियारी गाउँपालिकामा आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
सियारी गाउँपालिका वडा नं १ सोनारेतमा आयोजित कार्यक्रममा बैंक सम्बन्धी जानकारी, बचत बारे जानकारी, बैंकको सुविधा बारे जानकारी लगायत जानकारी गराइएको थियो ।
सियारी वडा नं १ का स्थानीयबासीहरुलाई बैंकिङ कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित त्यस कार्यक्रममा स्थानीय, समाजसेवी, कृषक, व्यापारी, नागरिक समाज लगायतको उपस्थिती थियो।
सो कार्यक्रममा कामना सेवा विकास बैंक लिमिटेड कैलाशनगर शाखा प्रबन्धक शारदा रिजालले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्नेबारे जानकारी दिइन् । स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको श्रोत बढाउन सकिने उनको भनाइ थियो।
कार्यक्रममा शाखाका कर्मचारी पार्वती रेग्मी र एलिशा रामदाम वित्तीय व्यवस्थापनबारे आ–आफ्नो भनाइ राखे ।





