गृहपृष्ठ कक्षा ११ को परीक्षा जेठको तेस्रो हप्ता देखि सञ्चालन (सूचना सहित)
कक्षा ११ को परीक्षा जेठको तेस्रो हप्ता देखि सञ्चालन (सूचना सहित)
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७८ मा रजिस्ट्रेशन भइ देशका विभिन्न बिद्यालयहरुमा कक्षा ११ मा अध्यायनरत विद्यार्थीहरुको इलष्लिभ च्भनष्कतचबतष्यल सम्बन्धि विवरण रुजु गर्ने कार्य भैरहेको तथा उक्त कार्य सम्पन्न भए पश्चात् कक्षा ११ को परीक्षा सञ्चालन, ब्यबस्थापन, मूल्याकंन र प्रमाणीकरण गर्ने सम्बन्धी कार्यबिधी २०७७ अनुसार रजिस्ट्रेशन नम्बर सहित परिक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर प्रदेश परिक्षा ब्यबस्थापन रशाखा कार्यलय मार्फत उपलब्ध गराइने ब्यहोरा जानकारी गरेको छ।
बोर्डका अनुसार विद्यार्थीले कक्षा ११ को परिक्षा बोर्ड द्वारा उपलब्ध गराएको सिम्बोल नम्बर उल्लेख गरि परिक्षा दिनुपर्ने जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्डले तोकेको मापदण्ड अनुरुप हरेक बर्षको जेठको तेस्रो साता देखि परीक्षा संचालन गर्ने ब्यबस्था रहेकोले सोको आधारमा शैक्षिक बर्स २०७८ को कक्षा ११ को परीक्षा २०७९ जेठ १६ देखि संचालन हुने कक्षा १२ को बार्षिक परीक्षासँग नजुध्ने गरि जेठको तेस्रो हप्ता देखि संचालन गर्न समेत निर्देशन दिएको छ।
यस्तो छ सूचना :







