२०८३ जेठ ३१ गते आइतवार | June 14, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा थप यति जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप यति जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ३ हजार ६ सय पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार ९१ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ३ सय ७३ जना निको भएका छन् ।

हाल नेपालमा ३ सय ५० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार