२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ लोकप्रिय गायिका रचना रिमालको स्वरमा ‘मेरो तस्बिर’ गीत सार्वजनिक (भिडियो सहित)

लोकप्रिय गायिका रचना रिमालको स्वरमा ‘मेरो तस्बिर’ गीत सार्वजनिक (भिडियो सहित)

बुटवल । लोकप्रिय गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘मेरो तस्बिर’ सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक सेन्टिमेन्टल गीतमा डा. बिष्णुमूर्ति भट्टराईको शब्द, श्रीधर अधिकारीको संगीत, कमल सौरागको एरेन्ज रहेको छ ।

‘मेरो तस्बिर’ गीत ११ महिना अगाडि रचनाकै स्वरमा लिरिकल भिडियोसहित सार्वजनिक भएको थियो । लिरिकल भिडियोले युट्युबमा राम्रो भ्युज पाएको थियो भने टिकटकमा गीत निकै रुचाईएको थियो । पाँच महिनाअघि सोही गीतको मेल भर्सनमा कृष्णमूर्ति भट्टराईले स्वर दिएका थिए । अहिले रचनाको स्वर रहेको फिमेल भर्सनलाई भिडियो सहित सार्वजनिक गरिएको हो ।

गायक, संगीतकार श्रीधर अधिकारीको निर्देशनमा तयार भिडियोमा गायिका रचना रिमाल स्वयंम प्रस्तुत छिन् । रोनिश तामाङ्गको छायाँकन रहेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् । भिडियो यस गीतका गीतकार डा. बिष्णुमूर्ति भट्टराईको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

पुरा भिडियो :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार