२०८३ कात्तिक २७ गते बिहीवार | November 12, 2026

गृहपृष्ठ मौसम अपडेट : हेर्नुहोस् कस्तो रहनेछ आज देशभरको मौसम ?

मौसम अपडेट : हेर्नुहोस् कस्तो रहनेछ आज देशभरको मौसम ?

काठमाडौं । बिहान काठमाडौं उपत्यकासहित मुलुकका पहाडी भू-भागमा बदली रहेको छ। गत राति काठमाडौंका केही क्षेत्रमा वर्षा भएको थियो।

स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुका कारण बदलीसँगै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पहाडी भू-भागका केही र तराईका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भू-भागका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ।

राति प्रदेश १, मधेस, बागमतीका केही र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले उल्लेख गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार