गृहपृष्ठ अबैध लागु औषध सहित ४ जना प्रहरी नियन्त्रणमा
अबैध लागु औषध सहित ४ जना प्रहरी नियन्त्रणमा
रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अबैध लागु औषध सहित ४ जना पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा प्रहरीले आईतबार ५ बजे रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.८ बसडिलवा स्थित निर्माणाधिन भवनमा सिद्धार्थनगर नगरपालिका वडा नं.११ बस्ने २९ वर्षीय सलमान अली र सोही स्थानका २२ बर्षीय असलान अलीलाई अबैध लागुऔषध सहित फेला पारेको हो ।
उनीहरुबाट अबैध लागुऔषध कोरेक्स–७ बोत्तल र नैट्राभेट–१६५ ट्याव्लेटे बरामद गरी थप अनुसन्धान कार्य भईरहेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।
भैरहवाबाट खटिएको प्रहरी टोलीले बुधबार बिहानको समयमा सिद्धार्थनगर नगरपालिका–३ बसपार्क स्थित नाईट्रोभेट ५८ पिस, कोडीन आधा सिसी, स्टीङ एनर्जी लेखेको २बोत्तल र धुलो खैरो पदार्थ जस्तो देखिने १ पुरीयासहित अर्घाखाची सितगंगा नगरपालिका–१४ सिमलपानी बस्ने ४५ बर्षी कोटिकाराम रिजाल र भारत घर भएका ३२ बर्षीय राज खानलाई पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।
दोषीहरुमाथि आवश्यम अनुसन्धान पश्चात थप जिल्ला अदालत रुपन्देहीबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।





