गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयद्धारा नतिजा प्रकाशित
त्रिभुवन विश्वविद्यालयद्धारा नतिजा प्रकाशित
काठमाडौं । नतिजा प्रकाशित गरिएको छ । त्रिभुवन विश्वविद्यालयले नतिजा सार्वजनिक गरेको हो । त्रिवि शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातक तह दोश्रो बर्षको नतिजा प्रकाशित गरिएको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यलयले २०७८ बैशाख र श्रावण महिनामा संचालन गरेको परीक्षाको नतिजा आइतबार ९आज० प्रकाशित गरेको हो ।
केन्द्रीय परिक्षा संचालक समितिको निर्णय अनुसार विश्वविद्यालयले शिक्षाशास्त्र संकाय चार बर्षे स्नातक तह दोश्रो बर्ष २०७७ को नतिजा प्रकाशित गरेको छ । प्रकाशित नतिजा विश्वविद्यालयको वेबसाईट www.tuexam.edu.np मा हेर्न सकिने जनाएको छ । त्यसैगरी नेपाल टेलिकमको १६४२ डायल आउने प्राप्त निर्देशन अनुसार पनि जानकारी पाउन सकिने छ । मोबाइलमा B.ED. SPACE ROLL NO टाइप गरी ३३६२४ मा पठाएर लब्धाङ्क प्राप्त गर्न सकिने त्रिविले जानकारी दिएको छ ।
सूचना हेर्नुहोस् :






