२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ नेपालले जित्यो जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिजको उपाधि

नेपालले जित्यो जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिजको उपाधि

काठमाडौं । नेपालले जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिजको उपाधि जितेको छ ।काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको अन्तिम तथा निर्णायक एकदिवसीय खेलमा जिम्बाब्वे ‘ए’ लाई नेपालले ६ विकेटको पराजित गर्दै सिरिज जितेको हो ।

यो जितसँगै नेपालले जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज २–१ को अन्तरले जितेको होे । जिम्बाब्वे ‘ए’ ले दिएको २ सय १४ रनको लक्ष्य नेपालले ३० ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालको जितमा कुशल भुर्तेलले ८४ रन र दीपेन्द्र सिंह ऐरीले नटआउट ६० रन जोडे । टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वे ‘ए’ ले ३२ ओभर १ बलमा सबै विकेट गुमाउँदै २ सय १३ रन बनाउन सफल भयो । जिम्बाब्वे ‘ए’ लाई रोक्न नेपालका किशोर महतोले ५, सोमपाल कामीले २ तथा करन केसी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिन सफल भए ।

सिरिजअन्तर्गतको पहिलो एकदिवसीय खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले जिम्बाब्वे ‘ए’ माथि ३ विकेटले जित निकालेको थियो । यसअघि भएको टी–ट्वान्टी सिरिज भने १–१ को बराबरीमा सकिएको थियो ।

अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बावे ए टोलीसँग सिरिज खेलेको हो । तयारी सिरिजमा नेपाली र जिम्बावेबीच ३ एकदिवसीय तथा ३ टी–ट्वान्टी खेल्ने तय भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार