२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ रुपन्देहीको तिलोत्तमामा दुई दिन देखि रोकिएको मत गणना गएरातीदेखि पुनः सुचारू

रुपन्देहीको तिलोत्तमामा दुई दिन देखि रोकिएको मत गणना गएरातीदेखि पुनः सुचारू

बुटवल । रुपन्देहीको तिलोत्तमामा २ देखि रोकिएको मत गणना गएरातीदेखि पुनः सुचारू भएको छ । मँगलबार विहान ३ बजेदेखि रोकिएको मत गणना बुधबार सर्वदलीय बैठक बसेर पुनः सुचारू गर्नै लाग्दा फेरी विवाद उत्पन्न भएको थियो । नेपाली काँग्रेस र नेकपा एमालेका नेता कार्यकर्ता बीचको आरोप प्रत्यारोपले पुनस् स्थगित हुन लागेको गणना सहमतिपछि सुचारु भएको हो ।

तिलोत्तमाको पछिल्लो मत गणना तथ्याङ्क अनुसार गठबन्धन दलका रामकृष्ण खाँणले अग्रता लिएका छन् । विहान ४स्५० बजेसम्मको तथ्याङ्क अनुसार रुख चिन्हमा खाँणले ३ हजार ८२८ मत प्राप्त गर्दा निकटतम प्रत्यासी नेकपा एमालेका मोहन चापाईंले सूर्य चिन्हमा ३ हजार ६२१ मत प्राप्त गरेका छन् ।

कुल ९ हजार ९४२ मत गणना गरेर सक्दा उप मेयर पदमा भने गठबन्धनलाई पछि पार्दै एमालेकी जागेश्वरीदेवि चौधरीले अग्रता कायम राखेकी छन् । गठबन्धनभन्दा दोब्बर मत बनाएकी उनको ३ हजार ४४८ हुँदा गठबन्धनको गोलाकार भित्र हँसिया हथौडा चिन्हमा १ हजार ७२२ मत प्राप्त भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार