गृहपृष्ठ कोरोना अपडेट : पछिल्लो २४ घन्टामा नेपालमा थप यति जनामा कोरोना संक्रमण पुष्टि
कोरोना अपडेट : पछिल्लो २४ घन्टामा नेपालमा थप यति जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार २ सय ३३ पिसिआर परीक्षणका क्रममा ८ जना र ५ सय ३५ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ९१ जना निको भएका छन् । हाल नेपालमा १ सय ३३ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।






