गृहपृष्ठ मौसम अपडेट : यस्तो रहनेछ आज देशभरको मौसमी अवस्था ?
मौसम अपडेट : यस्तो रहनेछ आज देशभरको मौसमी अवस्था ?
काठमाडौँ । नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। बिहान प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानमा वर्षा भएको छ ।
दिउँसो प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
शुक्रबार पहाडी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना छ । राति प्रदेश १ का थोरै स्थान र अन्य पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। शनिबार पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।





