२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ प्रतिनिधि सभा बैठक आज ११ बजे बस्दै, नीति तथा कार्यक्रम आज पारित गरिने

प्रतिनिधि सभा बैठक आज ११ बजे बस्दै, नीति तथा कार्यक्रम आज पारित गरिने

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्‍ने भएको हो । बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि सांसद्हरुले धारणा राख्ने क्रम जारी रहनेछ । शुक्रबार सांसदहरुले धारणा राख्ने क्रम नसकिएपछि आज पनि बैठक बस्न लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । नीति कार्यक्रम आज पारित गरेर भोलि १५ जेठमा सरकारले बजेट ल्याउने तयारी गरेको छ। त्यसका लागि अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठक बस्नेछ । प्रि बजेटमाथि संसदमा छलफल भइसकेको छ । सांसदहरुका सुझाव समेटेर अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार