२०८३ जेठ १७ गते आइतवार | May 31, 2026

गृहपृष्ठ मौसम अपडेट : यस्तो रहनेछ आज देशभरको मौसम ?

मौसम अपडेट : यस्तो रहनेछ आज देशभरको मौसम ?

काठमाडौँ । हाल नेपालमा स्थानीय, भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

बिहान बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । सोमबार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार