२०८३ जेठ १७ गते आइतवार | May 31, 2026

गृहपृष्ठ फरवार्ड करिम बेन्जिमा बने च्याम्पियन्स लिगको प्लेयर अफ द सिजन

फरवार्ड करिम बेन्जिमा बने च्याम्पियन्स लिगको प्लेयर अफ द सिजन

काठमाडौं । रियल मड्रिडका फरवार्ड करिम बेन्जिमा च्याम्पियन्स लिगको प्लेयर अफ द सिजन बनेका छन् । उनले प्लेयर अफ द सिजनको अवार्ड जितेका हुन् । च्याम्पियन्स लिगको उपाधि दिलाउन टिममा उत्कृष्ट प्रदर्शन गरेका बेन्जिले उक्त अवार्ड पाएका हुन्।

रियललाई १४ औं पटक च्याम्पियन्स लिगको उपाधि दिलाउन उनले गरेको मेहनतका लागि उक्त अवार्ड दिइएको हो । लिभरपुललाई १–० गोलले पराजित गर्दै रियलले उपाधि उचालेको थियो । ३४ वर्षीय बेन्जिमाले खेल्न थालेपछि रियलले पाँचौ पटक उपाधि उचालेको हो । उनले लिग खेलमा १५ गोल गरेका थिए । बेन्जिमाले अवार्ड जित्दा रियलकै भिनिसियस जुनियर योङ प्लेयर अफ द सिजन घोषित भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार