२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ५ सय २८ पिसिआर परीक्षणका क्रममा १९ जना र १ हजार ७७ एन्टीजेन परीक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन ।

त्यस्तै थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय १९ जना निको भएका छन् । हाल नेपालमा १ सय ११ सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार