गृहपृष्ठ कोरोना अपडेट : नेपालमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि
कोरोना अपडेट : नेपालमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ५ सय ७९ पिसिआर परीक्षणका क्रममा ९ जना र १ हजार ५५ एन्टीजेन परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ३७ जना निको भएका छन् । हाल नेपालमा १ सय १० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।





