गृहपृष्ठ पत्रकार तेजेन्द्र केसी उत्कृष्ट वातावरण पत्रकारिता २०७८ बाट पुरस्कृत
पत्रकार तेजेन्द्र केसी उत्कृष्ट वातावरण पत्रकारिता २०७८ बाट पुरस्कृत
बुटवल । उत्कृष्ट वातावरण पत्रकारिता २०७८ बाट पत्रकार तेजेन्द्र केसी पुरस्कृत भएका छन् ।
आइतबार लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष डा.बालकृष्ण चापागाई, निवर्तमान अध्यक्ष यानेन्द्र जिसि लगायतले पत्रकार केसीलाई पुस्कार प्रदान गरेका हु्न् । पुस्कारको राशी २५ हजार रहेको छ ।
लामो समयदेखि पत्रकारितामा क्रियाशिल रहेका केसी रातोपाटी अनलाइनका लुम्बिनी प्रदेश प्रमुख र बुटवलबाट प्रकाशित दैनिकपत्र आवद्ध रहेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देही र अग्रज पत्रकार नारायण सापकोटाद्वारा स्थापित उत्कृष्ट वातावारण पत्रकारिता पुरस्कार हरेक वर्ष वातावरण दिवसको अवसर पारेर रुपन्देहीलाई कार्यथलो बनाएर वातावरण सम्बन्धी क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गरिदै आएको छ ।





