२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ दश हजार कित्तासम्म भर्न पाईने नयाँ आईपीओ भोलि देखि आउँदै

दश हजार कित्तासम्म भर्न पाईने नयाँ आईपीओ भोलि देखि आउँदै

काठमाडौं ।  श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन कम्पनीले आईपीओ निष्काशन गरेको छ । कम्पनीले भोल अर्थात जेठ २३ गतेदेखि आईपीओ पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाखको १० प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित दरको १५ लाख ९३ हजार कित्ता सेयर स्थानीयमा बिक्री गर्न लागेको हो ।

कुल कित्ता आईपीओ मध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा.को वडा नं. २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको वडा नं. ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं. ५, ६ र ७ र मन्थली नगरपालिकाको वडा नं. ११, १२ र १३ तथा रामेछाप नगरपालिकाको वडा नं. १ र ३ का बासिन्दाका लागि ३ लाख ९८ हजार २५० कित्ता र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं. १ र ओखलढुङ्गा  जिल्लाको लिखु गाउँपालिकाको वडा नं. १, २ र ३ का लागि ७९ हजार ६५० कित्ता सेयर बिक्री गर्न लागेको हो ।

उक्त आईपीओमा छिटोमा असार ६ गतेसम्म र ढिलोमा असार २१ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन भर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार