२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ युक्रेनलाई पराजित गर्दै वेल्स ६४ बर्षपछि फिफा विश्वकप फुटबल २०२२का लागि छनोट

युक्रेनलाई पराजित गर्दै वेल्स ६४ बर्षपछि फिफा विश्वकप फुटबल २०२२का लागि छनोट

काठमाडौं । युक्रेनलाई १–० ले पराजित गर्दै वेल्स एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ।

आइतबार युरोपेली छनोटअन्तर्गत भएको प्लेअफमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्माघाति गोल गरे। वेल्सको जितसँगै युक्रेनको विश्वकप खेल्ने सपना अधुरो बनेको छ।

योसँगै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको छ। सन् १९५८ पछि पहिलो पटक वेल्स विश्वकपमा छनोट भएको हो। अब, समूह बी इंग्ल्यान्ड, अमेरिका र इरानसँगै वेल्सले खेल्नेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार