२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ दुर्घटना : स्कार्पियो रोकी राखेको ट्रकमा ठोकिँदा पाँच जना घाइते

दुर्घटना : स्कार्पियो रोकी राखेको ट्रकमा ठोकिँदा पाँच जना घाइते

चितवन । चितवनमा रोकी राखेको ट्रकमा स्कार्पियो ठोकिँदा पाँच जना घाइते भएका छन्। आज (बिहीबार) बिहान ४ः२० को समयमा रत्ननगर नगरपालिका ३ बेल्सि पुल स्थित पूर्वपश्चिम राजमार्गमा रोकिएको ट्रकमा स्कार्पियो ठोकिएको हो।

पूर्वबाट पश्चिम तर्फ आउँदै गर्दा बिग्रेर सडक छेउमा रोकी राखेको ना ६ ख ५७१९ नं. को ट्रकलाई बाराबाट काठमाडौं जादै गरेको वि आर ०५ प ९९७४ नं. को स्कार्पियोले ठक्कर दिएको हो।दुर्घटना हुँदा स्कार्पियोका चालक बाराको कलैया घर भएका राजिव प्रसाद कुर्मी, सोही ठाउँका राम बाबु साह, महमद बाबु खान, सिला देवी साह, र बाराको महागढीमाई रामजीप्रसाद साह घाइते भएका छन्। उनीहरूको उपचार पुरानो मेडिकल कलेज भरतपुरमा भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरुको अवस्था सामान्य रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार