गृहपृष्ठ समृद्वि फाइनान्स बुटवल शाखाले गर्यो जेष्ठ नागरिक सम्मान कार्यक्रम
समृद्वि फाइनान्स बुटवल शाखाले गर्यो जेष्ठ नागरिक सम्मान कार्यक्रम
बुटवल । समृदी फाइनान्स बुटवल शाखाको आयोजनामा ६८ बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई प्रमाणपत्र, मायाको चिनो दोसल्ला ओढाएर सम्मान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा बोल्दै अतिथी तथा समृद्वि फाइनान्सका कार्यकारी सन्चालाक सुजन अधिकारिले बिगतमा पनि यस संस्थाले बित्तीय साक्षरताको कार्यक्रम, रक्तादान कार्यक्रम, विभिन्न संघ संस्थालाई शैक्षिक तथा सरसफाइका सामाग्री वितरण, कोभिडको समयमा राहत वितरण तथा अन्य सामाजिक कामहरु गर्दै आइरहेको साथै आगामी दिनहरु पनि सामाजिक कार्य गर्दै जाने कुरा बताउनु भएको थियो। साथै उहाँले उपस्थित जेष्ठ नागरिकहरु सम्पुर्णलाई बित्तीय सस्थाको बारेमा जानकारी दिनुभएको थियो ।
त्यसै गरि उक्त कार्यक्रमका विशिस्ट अतिथी बुटवल उपमहानगरपालिका वाड नं. ५ का वडाध्यक्ष श्री हरि प्रसाद श्रेष्ठले यस सस्थाले जेष्ठ नागरिक सम्मान जस्तो कार्यक्रम राखेर जेष्ठ नागरिकहरुको मनमा हैसालाका साथै सम्मान दिएकोमा हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा आयोजना गरिने सामाजिक कार्यमा आफ्नो तथा वडाको तर्फबाट सहयोग रहने प्रतिबद्ध जनाउदै बुटवलमा बैंक तथा बित्तीय संस्थाले साहेदै पहिलो कार्य भएको भन्दै फाइनान्सको प्रशंसा गर्नुभएको थियो।

कार्यक्रमका अतिथी जेष्ठ नागरिक समाज, बुटवलका अध्यक्ष गौतम प्रसाद कालिराजले जेष्ठ नागरिकलाई यस फाइनान्सबाट सम्मान गरेकोमा धन्यवाद दिनुभएको थियोे । उक्त कार्यक्रममा जिल्ला जनस्वास्थ रुपन्देही कार्यलायका भुतपुर्व जनस्वास्थ्य निरीक्षक श्री विम्वी शागर रत्न शाक्यले जेष्ठ नागरिकहरुलाई आइपर्ने स्वास्थ समस्या जानकारी दिदै लाग्ने रोगबाट कसरी सुरक्षित हुने तथा खानपान कसरी गर्ने भन्ने विषयमा जानकारी दिनुभएको थियो।
त्यसैगरि उक्त कार्य कार्यक्रममा समाजसेवी ज्योती लाल बिश्वकर्मा, जेष्ठ नागरिक समाजका सचिब धनपति पौडेलले शुभकामना मन्तव्य दिनुभएको थियोे । बुटवल शाखाका कर्मचारी विमा शाक्यको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन बुटवल शाखा कार्यालयका सहायक शाखा प्रवन्धक प्रवन्धक श्री युवराज अर्यालले गर्नु भएको थियो। उक्त कार्यक्रमको अध्यक्ष तथा बुटवल शाखा प्रवन्धक बिष्णु प्रसाद रिजालले जेष्ठ नागरिकहरुलाई सम्मान गर्न पाउँदा खुशी लागेको जनाउँदै कार्यक्रमको समापन गर्नुभएको थियो।






