२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ मौसम अपडेट : यस्तो रहनेछ आगामी ३ दिनको देशभरको मौसमी अवस्था

मौसम अपडेट : यस्तो रहनेछ आगामी ३ दिनको देशभरको मौसमी अवस्था

काठमाडौं । मंगलबार बिहान गण्डकी, बागमती, मधेश र प्रदेश १ का थोरै स्थानमा वर्षा भइरहेको छ। दिउँसो प्रदेश नम्बर १ का धेरै क्षेत्रमा वर्षा हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

प्रदेश १ र मधेसका एक–दुई स्थानमा भारी वर्षाको प्रक्षेपण पनि गरिएको छ। त्यस्तै,, मधेस, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

बुधबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ। बिहीबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागमा वर्षाको आँकलन गरिएको छ। प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव छ। अन्य प्रदेशमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार