गृहपृष्ठ हेर्नुहोस् आज कति घट्यो सुनको मूल्य ?
हेर्नुहोस् आज कति घट्यो सुनको मूल्य ?
काठमाडौँ । सुनको मूल्य मंगलबार तोलामा एक हजार ८०० रुपैयाँले घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला एक हजार ८०० रुपैयाँले घटेर ९७ हजार १०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन प्रतितोला ९८ हजार ९०० रुपैयाँमा किनबेच भएको हो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम गरिएको छ । त्यस्तै चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।





