गृहपृष्ठ नेपाल आयल निगमले गर्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
नेपाल आयल निगमले गर्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्यवृद्धि गरेको छ ।
बढेको मूल्य आजराति १२ बजेदेखि नै पेट्रोलियम पदार्थमा नयाँ मूल्य लागु भएको निगमले जनाएको छ । नयाँ मूल्य बढेसँगै पेट्रोलको मूल्य १९९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १९२ पुगेको छ ।
निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य भने यसपटक बढाइएको छैन । यस्तै निगमले हवाई इन्धनमा आन्तरिकतर्फ १९ रुपैयाँ र बाह्य तर्फ १०० अमेरिकी डलरले वृद्धि गरेको छ ।





