२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै

एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत सोमबार आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा ओभलमा हुने तेस्रो खेल बिहान सवा नौ बजे सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजीमा छ । यदि बहराइनविरुद्ध जित निकाले नेपाल एक खेल अघिनै सेमिफाइनल पुग्नेछ ।

लगातार दुई खेल जितेको नेपाल समूह ‘बी’ मा ४ खेल सहित शीर्ष स्थानमा छ । यस अघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार