२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ डुबान हुुन नदिन तिलोत्तमामा पूर्वतयारी

डुबान हुुन नदिन तिलोत्तमामा पूर्वतयारी

तिलोत्तमा । वर्षायाममा हुने डुबान नियन्त्रणका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सक्रियता देखाएको छ । विपद्को पूर्वतयारीका लागी डुबान प्रभावित क्षेत्रहरुमा रहेका खोला नाला र ढलको सरसफाई थालिएको छ । वर्षात सुरु हुनुपूर्व नै खोला नाला तथा ढलको सरसफाई गरी ढुबान हुुन नदिन पूर्वतयारी थालिएको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले जानकारी दिए ।

त्यसै क्रममा उनले आइतबार वर्षायाममा डुबान हुने क्षेत्रमध्येको एक तिलोत्तमा–११ स्थित सुखौरा खोला सफाइ कार्यको निरीक्षण समेत गरेका छन् । निरीक्षण गर्दै पानी नपर्दै काम सम्पन्न गर्न र प्रभावकारी रुपमा काम गर्न समेत उनले निर्देशन दिए । अनुुगमनमा नेपाली कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, तिलोत्तमा नगरपालिका–११ का वडाअध्यक्ष विष्णु बहादुर बराल समेत सहभागी रहेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार