२०८३ वैशाख १६ गते बुधवार | April 29, 2026

गृहपृष्ठ देशभर आज बिहिबार थपिए ७८ जना कोरोना संक्रमित

देशभर आज बिहिबार थपिए ७८ जना कोरोना संक्रमित

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ७८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएको जनाएको छ । कूल ३ हजार ५१५ जनाको स्वास्थ्य परीक्षण गर्दा ७८ जनामा कोरोना भाइरसको संक्रमण रहेको पाइएको हो ।

स्वास्थ्य मन्त्रालयले बितेको २४ घण्टामा २ हजार १३१ जनाको एन्टीजेन र १ हजार ३८४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरेको थियो । हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५०८ जना रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २३ जना संक्रमित निको भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार