२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ यस्तो छ आज देशभरको मौसमी अवस्था

यस्तो छ आज देशभरको मौसमी अवस्था

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १ र बागमतीका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ। दिउँसो पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सोमबार राति प्रदेश १, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मंगलबार पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार