२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ बढ्यो नेपालमा कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप ३९१ जनामा संक्रमण पुष्टि

बढ्यो नेपालमा कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप ३९१ जनामा संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ५ सय ६२ पिसिआर परीक्षणका क्रममा ३ सय ४० जना र १ हजार ४ सय १९ एन्टीजेन परीक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। त्यस्तै थप ४६ जना संक्रमित निको भएका छन् । हाल देशभर २ हजार २७६ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार