गृहपृष्ठ मौसम अपडेट : हेर्नुहोस् कस्तो रहनेछ आज देशभरको मौसम ?
मौसम अपडेट : हेर्नुहोस् कस्तो रहनेछ आज देशभरको मौसम ?
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षा हुने जनाएको छ । ‘सुदूरपश्चिम र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ,’ महाशाखाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
देशको पहाडी भू–भागका धेरै स्थानहरूमा र अन्य भू–भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केहि उत्तरतिर अवस्थित रहेको छ ।






