२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ काठमाडौँमा प्रहरीद्वारा कल सेन्टरमा छापा ४१ जना पक्राउ

काठमाडौँमा प्रहरीद्वारा कल सेन्टरमा छापा ४१ जना पक्राउ

काठमाडौँ । चिनियाँ नागरिकले काठमाडौँको गैह्रीगाउँमा सञ्चालन गरेको कल सेन्टरमा प्रहरीले छापा हानेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, नगर प्रहरी र प्रहरी वृत्त गौशालाको टोलीले कल सेन्टरमा छापा हानेर ४१ जनालाई पक्राउ गरेको छ । जसमा केही चिनियाँ नागरिक छन् ।

प्रहरीले सादा पोशाकका प्रहरी खटाएर कल सेन्टरमा छापा हानेको हो । यसअघि आइतबार मात्रै रुपन्देहीको जानकीनगरमा सञ्चालित कल सेन्टरमा प्रहरीले छापा हानेर ९ जना सञ्चालकलाई पक्राउ गरेको थियो । पछिल्लो समय नेपालमा चिनियाँ लगानी रहेका कलसेन्टरमा धमाधम प्रहरीले छापा हानिरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार