२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ हेर्नुहोस् आज देशभर यस्तो छ मौसमी अवस्था

हेर्नुहोस् आज देशभर यस्तो छ मौसमी अवस्था

काठमाडौं । मंगलबार बिहान प्रदेश १, बागमती र लुम्बिनीका केही क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि पनि आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बुधबार देशभर बदली रहनेछ। पहाडी भू-भागका केही स्थान र अन्य भू-भागका थोरै स्थानमा वर्षा हुनसक्ने महाशाखाले उल्लेख गरेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर छ भने पूर्वमा सरदर स्थान आसपासमा रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार